पेरिस ओलम्पिक : पहिलो चरणमा हारिन् नेपाली जुडो खेलाडी मनिता
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा नेपाली खेलाडी मनिता श्रेष्ठ प्रधान पहिलो चरणमै पराजित भएकी छन् । उनले महिला ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।
पहिलो चरणको खेलमा मनितालाई सर्बियाकी खेलाडी मारिका पेरिसिचले १०–० ले हराएकी हुन् । उनले सन्तोषजनक प्रदर्शन गर्न सकिनन् । उनी प्रतिद्वन्द्वीसामु लामो समय टिक्न सकिनन् । मनिता पेरिस ओलम्पिकमा सहभागी हुने एकमात्र नेपाली जुडो खेलाडी हुन् ।
उनी दक्षिण एसियाली खेलकुद (साग) को १२औँ र १३औँ संस्करणकी रजत पदक विजेता खेलाडी हुन् । २५ वर्षीया मनिता ‘वाइन्लड कार्ड’ मार्फत पेरिस ओलम्पिकमा सहभागी भएकी हुन् । मनिता ओलम्पिक छात्रवृत्तिप्राप्त खेलाडी पनि हुन् ।
उनले किर्गिस्तानमा भएको जुनियर एसियाली जुडोमा कांस्य, थाइल्यान्ड विश्वविद्यालय जुडोमा स्वर्ण, दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा रजतलगायतका अन्तर्राष्ट्रिय पदक जितेकी थिइन् । मनिताले एसियाली खेलकुदको १८औँ र १९औँ संस्करणमा पनि सहभागिता जनाएकी थिइन् ।
पेरिस ओलम्पिकका लागि मनिताले जापान, चाइनिज ताइपेइ, हङकङ र किर्गिस्तानमा छनोट प्रतियोगिता खेलेकी थिइन् । ओलम्पिकमा सहभागी हुने मनिता छैटौँ नेपाली जुडो खेलाडी हुन् ।
यसअघि सन् १९८८ को सोल ओलम्पिकमा गंगाबहादुर डंगोल र ऋषिराम प्रधान, सन् २००८ को बेइजिङ ओलम्पिकमा देबु थापा, सन् २०१६ को रियो ओलम्पिकमा फुपु ल्हामु खत्री तथा सन् २०२० को टोकियो ओलम्पिकमा सोनिया भट्टले जुडोमा नेपालको प्रतिनिधित्व गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण