जिउँदै रहेको फाइललाई तपाईँहरूले गाड्ने प्रयास गर्नुभयो : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेको टार्गेटमा आफ्नो पार्टी परेको बताएका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति, कांग्रेस महामन्त्रीको अभिव्यक्ति र एमाले नेता रघु पन्तको अभिव्यक्तिबाट पनि रास्वपा दुई ठुला दलको टार्गेट बनिरहेको पुष्टि भएको बताए ।
‘सरकारमा रहेका दुई ठुला दलको टार्गेट राष्ट्रिय स्वतन्त्र पार्टी छ । प्रधानमन्त्रीको अभिव्यक्ति, हिजोको कांग्रेस महामन्त्रीको अभिव्यक्ति र आज विषयान्तर गर्न खोज्नुभएका एमालेका पुराना नेताको अभिव्यक्तिले के देखाउँछ भने अव यी नयाँलाई ठिक पार्नुपर्छ’, उनले भने, ‘एउटा एउटा आरोप लगाइदिनुपर्छ भनेर मिलेको कुरा पनि स्पष्ट हुन्छ ।’ नेताहरूका यस्तै अभिव्यक्ति र संसदमा भइरहेको पछिल्ला गतिविधिहरूले अव मुलुकका लागि रास्वपा नै देशको विकल्प हो भन्ने कुरा स्पष्ट भएको लामिछानेको भनाइ छ ।
उनले भने, ‘होलीवाइनको त्यो डक्ट्रिन के हो ? एकपटक सोध्न मन छ । मध्यरातमा खुफिया एजेन्सी भेट्ने त्यो डक्ट्रिन के हो त्यो पनि जान्न मन छ । कुनै बिचौलियका घरमा मध्यरातमा बसेर सरकार चलाउने दस्तखत गर्ने डक्ट्रिनका बारेमा कुनै दिन खुलेर कुराकानी गरौला ।’
उनले आफू केही समय नबोल्ने पक्षमा भएपनि बोल्नैपर्ने अवस्था आएको बताए । ‘म केही समय नबोलौँ भन्ने पक्षमा थिएँ । तर हिजो जसरी यहाँ अभिव्यक्तिहरू प्रस्तुत भए त्यसले मलाई केही कुरा भन्न बाध्य पार्यो र झस्काउन बाध्य पार्यो’, उनले भने, ‘मलाई थाहा छ असार १५ मा खुवाइएको दहीले केहीबेर मुख बन्द भएको होला तर लोकतन्त्रका हिमायती सांसदहरूको मुखमा दही जम्नेछैन कुनैदिन बोल्नुहुनेछ ।’
लामिछानेले दुई ठुला दलको मिलन खतरा हो भनेर भन्ने गरेको भन्दै सत्ता रूढ दलका नेताहरूले हामीले फाइल खोलेको भनेर भन्ने गरेकोमा आपत्ति जनाए ।
‘ठिक छ फाइल तपाईँहरूले खोलेको हो । हामीलाई जस चाहिएको पनि होइन । काण्ड पनि हामीले नै गरेका हौ भन्दिएको भए राम्रो हुन्थ्यो’, उनले भने, ‘फाइल तपाइले नै खोल्नुभएको हो । तर बन्द नहुँदै जिउँदै रहेको फाइललाई तपाईँहरूले गाड्ने प्रयास गर्नुभयो जुन फायलमा प्राण थियो । त्यो प्राण बाँकी रहेको फाइललाई रिओपन गर्ने कोसिस हामीले गरेका हौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण