के हो फिल्म ‘घरज्वाइँ’ काे विवाद ?
काठमाडौँ । फिल्म ‘घरज्वाइँ’ अहिले तेस्रो सातामा प्रदर्शनरत छ । ४ करोड बढी व्यवसाय गरिसकेको फिल्मको ‘रोधिं’ शब्दको संवादलाई लिएर अहिले विवाद चर्किएको छ । फिल्म रुकुमको मगर समुदायको कथामा बनेको हो ।
फिल्म ‘रोधिं’ शब्दको दुरुपयोग भएको भन्दै तमु धिं नेपालले उक्त संवाद हटाउन र नहटाएसम्म फिल्म प्रतिबन्ध गर्न माग गरिरहेको छ । त्यस्तै केही सङ्घ संस्थाले फिल्मले जहाँको कथावस्तु उठाएको हो । त्यो विषयवस्तु ठिक भएको र फिल्ममा ‘रोधिं’ नभएर ‘रोदी’ संवाद रहेको बताएको छ ।
पोखरास्थित गुरुङ समुदायको संस्था तमु धिं नेपालले स्थानीय एक हललाई पत्र लेख्दै अनिश्चितकालका लागि हल बन्द गरिदिन भन्दै चेतावनी दिएको छ । संस्थाका अध्यक्ष हुम गुरुङले मिडटाउन सिनेमाजलाई पत्र लेख्दै फिल्ममा समावेश रोधिं शब्द नहटाएसम्म वा संशोधन नगरेसम्म गण्डकी प्रदेशमा कुनै पनि फिल्म प्रदर्शन हुन नदिने चेतावनी दिएको छ । तमु धिंको पत्रमा विवादित दृश्य हटाउन निर्मातालाई पटक–पटक भनिएको पनि बेवास्ता गरिएको उल्लेख छ ।
तमु धिं नेपालको पत्रपछि मिड टाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वाले अहिले ‘घरज्वाइँ’ को शो होल्डमा राखेको छ । यता मगर समुदायकै तकसेर समाज नेपाल, नेपाल मगर सङ्घ केन्द्रीय समिति काठमाडौँ र नेपाल मगर लेखक सङ्घ केन्द्रीय कार्यसमिति काठमाडौँले एक विज्ञप्ति जारी गर्दै फिल्ममा रहेको ‘रोदी’ शब्द जायज भएको बताएको छ । उनले फिल्ममा ‘रोधिं शब्द नभएर ‘रोदी’ शब्द भएको समेत स्पष्ट पारेको छ ।
‘नेपाली कथानक चलचित्र ‘घरज्वाइँ’ मा रोदी संस्कृतिको बारेमा देखाइएको दृश्य तथा संवादमा मगर समुदायमा प्रचलित विषयवस्तुहरू नै समेटिएकोले नेपाली कथानक चलचित्र ‘घरज्वाईं’ को बारेमा हाम्रो कुनै आपत्ति छैन’ ती संस्था तकसेर समाज नेपाल, नेपाल मगर सङ्घ र नेपाल मगर लेखकले अगाडि भनेको छ– ‘नेपाली कथानक चलचित्र ‘घरज्वाईं’ को विरोध गर्ने नाममा ‘रोदी’ संस्कृति मगरको होइन भन्ने गलत दलिलप्रति घोर आपत्ति जनाउँछौँ ।’
यी संस्थाले कुनै जाति वा संस्थाको विरोध वा समर्थन नभई ‘रोदी’ मगर समुदाय हुँदै पश्चिम नेपालका अन्य आदिवासी समुदायहरूमा अभ्यास भइरहेको साझा संस्कृति भएको समेत जनाएको छ । तकसेर समाज नेपालका तर्फबाट अध्यक्ष बागलाग बुढामगरले विज्ञप्ति जारी गरेका छन् भने नेपाल मगर संघको तर्फबाट महासचिव टेकबहादर नाम्जाली मगरले विज्ञप्ति जारी गरेका छन् । त्यसतै नेपाल मगर लेखक संघको तर्फबाट भने अध्यक्ष डा.विष्णुकुमार सिङ्जाली मगरको विज्ञप्तिमा हस्ताक्षर छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण