वार्षिक २२ लाख कृषक परिवारले अनुदानमा रासायनिक मल प्राप्त गर्छन् : कृषिमन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले वार्षिक करिब २२ लाख कृषक परिवारले अनुदानमा रासायनिक मल प्राप्त गर्ने गरेको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
कृषिमन्त्री अधिकारीले करिब १ लाख ५० हजार परिवारले बीमाको प्रिमियममा अनुदान प्राप्त गर्ने बताए । उनले नेपालमा ४१ लाख ३० हजार कृषक परिवार रहेको बताए । उनले नेपाल सरकारले कृषि क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनका लागि कृषकहरूलाई संघ, प्रदेश र स्थानीय तहबाट सहुलियत सुविधा, अनुदान र सेवा प्रदान गर्दै आएको बताए ।
कृषिमन्त्री अधिकारीले नेपाल सरकारले रासायनिक मलको मूल्यमा, सिँचाइको लागि विद्युत् महसुलमा, कृषि तथा पशुपक्षी बीमा प्रिमियममा, उखु किसानलाई उत्पादनमा, कृषि क्षेत्रमा यान्त्रिकीकरण गर्न मेसिनरी औजारमा, कृषि कर्जाको ब्याजमा, गहुँ, मकैको बीउको मूल्यमा, फलफूल बिरुवा विशेषबाट सेवा, सुविधा र सहुलियत प्राप्त गर्ने कृषकहरू र रोपण गर्ने कृषकलाई बिरुवाको मूल्यमा, माछा पोखरी निर्माण जस्ता क्षेत्रमा कृषकलाई अनुदान उपलब्ध गराउँदै आएको जनाए ।
मन्त्री अधिकारीले प्रदेश सरकार र स्थानीय तहले आफ्नो आवश्यकताअनुरूप दुधको उत्पादन, निश्चित सङ्ख्या भन्दा बढी भेडा, च्याङ्ग्रा, याक पाल्ने कृषकलाई पशुवस्तुको उपचार खर्च बजार मूल्यमा सहुलियत प्रदान गर्दै आएको बताए । प्रोत्साहन अनुदान कृषकको खातामै जाने व्यवस्था गरिएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण