मन्त्रिपरिषद् बैठक
चीनको राजदूतमा ओली र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे सिफारिस
सोमबार, १४ साउन २०८१, २१ : ११
काठमाडौँ । सरकारले पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई दक्षिण कोरियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्तिका लागि गरेको सिफारिसमा तुम्बाहाङ्फेलाई कोरियाको राजदूतका लागि सिफारिस गरेको हो ।
त्यस्तै चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली सिफारिस भएका छन् । सरकारले विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएर ओलीलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।
त्यस्तै अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे र मलेसियामा डा. नेत्र तिमल्सिना सिफारिस भएको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूत रहेका शंकर शर्मालाई भने निरन्तरता दिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण