बेलायतमा डान्स क्लासमा चक्कु प्रहार, २ बालिकाको मृत्यु, ९ घाइते
लन्डन । उत्तरी बेलायतमा चक्कु प्रहारको घटना भएको छ । सोमबार साँझ साउथपोर्टमा सो घटना भएको हो ।
यस घटनामा दुई बालिकाको मृत्यु भएको छ भने अन्य नौ जना गम्भीर घाइते भएका छन् । यस घटनामा पीडित अधिकांश बालबालिकाको उमेर छ वर्षदेखि ११ वर्षबिच रहेको बताइएको छ ।
टेलर–स्वीफ्ट थिमको डान्स तथा योगा क्लासमा एक किशोरले उक्त हमला गरेको बताइएको छ । घाइतेमध्ये ६ जना बालबालिकाको अवस्था गम्भीर रहेको छ ।
यस घटनामा घाइते भएका अन्य दुई वयस्कको अवस्था पनि गम्भीर रहेको बताइएको छ । संदिग्धले चक्कु बोकेर उक्त डान्स क्लासमा छिरेको अनि अन्धाधुन्ध बालबालिकाहरूलाई चक्कु हान्न थालेको प्रत्यक्षदर्शीले बताएका छन् ।
बालबालिकालाई बचाउन खोज्दा दुई जना वयस्कलाई चोट लागेको प्रहरीले बताएको छ । हत्या र ज्यान मार्ने प्रयास गरेको आरोपमा घटनास्थलबाट प्रहरीले १७ वर्षको एक किशोरलाई पक्राउ गरेको छ । यस घटनाबारे छानबिन भइरहेको छ । चक्कु प्रहारको कारण अहिलेसम्म खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण