माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु, नेताहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्ड
मङ्गलबार, १५ साउन २०८१, १३ : ३१
काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार एक बजेछि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिका बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने छन् ।
यसअघिका चार दिनसम्म बैठक छलफल हुँदा नेताहरूले अहिलेको अवस्थामा विचारको विकास र र पार्टी निर्माणबारे नेताहरूले आ–आफ्ना विचार राखेका थिए । खासगरी सत्ताबाट हट्नुका कारण, पछिल्लो राजनीतिक स्थिति र भावी रणनीतिबारे नेताहरूले धारणा राख्दै नेतृत्वमाथि प्रश्न राखेका थिए ।
आजको बैठकमा प्रचण्डले उठेका सोही प्रश्नको जवाफ दिने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । साथै बैठकले आगामी योजनाको प्रारूप तयारी गरी स्थायी समिति बैठक बोलाउन सक्ने उनले बताए । पदाधिकारी बैठक आजै सकिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण