माओवादीलाई कांग्रेसको मत पैँचो छ, मत नदिए ब्याज लाग्छः मुख्यमन्त्री लामा
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले माओवादीले आफूलाई विश्वासको मत दिनुपर्ने बताएका छन् ।
प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेसपछि भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री लामाले विगतमा कांग्रेस प्रतिपक्षमा रहेर तत्कालीन शालिकराम जम्कट्टेललाई मत दिएको बताए ।
विगतमा मत हालेको आधारमा माओवादीलाई विश्वासको मत पैँचो बाँकी रहेको उनले बताए । पैँचो फिर्ता हुन्छ भन्नेमाआफू विश्वस्त रहेको उनको भनाइ छ । विश्वासको मत नदिए ब्याज लाग्ने उनले बताए ।
वर्तमान सरकारले राजनीतिक स्थिरता र व्यवस्थालाई बलियो बनाउन काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । सरकारका मन्त्रीहरूलाई अधिकतम समय हेटौँडामा रहेर काम गर्ने निर्देशित गरेको उनको भनाइ छ ।
संघीयता बलियो बनाउन संविधानको कार्यान्वयनका लागि सङ्घीय सरकारसँग पहल गर्ने उनले बताए । समस्याका विषयहरूमा छलफल गरेर प्रदेशको विकास र समृद्धिका लागि सबै दलहरूसँग सहकार्य गर्ने मुख्यमन्त्री लामाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण