राष्ट्रिय सुरक्षा खलबल्याउने काम हुँदैछ : प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा खलबल्याउने काम भइरहेको बताएका छन् ।
सोमबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १७ औं वार्षिकोत्सवका अवसरमा रक्षा मन्त्रालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले जानेर वा नजानेर राष्ट्रिय सुरक्षामा खलल पर्ने काम भइरहेको बताए ।
‘यो काम आफै सञ्चालित हो वा अन्यत्रबाट भएको हो, त्यो नेपालको हितमा छैन’ प्रधानमन्त्री ओलीले भने ।
उनले राष्ट्रियताको सवालमा धावा बोल्ने, आक्रमण गर्ने र अपराधिक क्रियाकलापहरु भइरहेको बताए ।
‘अनाहकमा राष्ट्रिय सुरक्षा खलबल्याउने काम भएका छन् । देशमा स्थायित्व हुने गरी निर्वाचन गर्दा बम पड्काइए, देश अगाडि बढ्न खोज्छ , विखण्डन हुन खोज्छ, साम्प्रदायिकका डरलाग्दा कामहरु हुन्छन् यसले राम्रो गर्दैन’, ओलीको भनाई थियो ।
केही समय अघि विराटनगरमा धार्मिक गुरु माथि भएको गोलीकाण्डबारे प्रधानमन्त्री ओलीले ‘गोली कसले हान्यो किन हान्यो ? भन्दै प्रश्न गरे । उनले त्यो भन्दा ठूलो तमासा के हुन्छ भन्दै धार्मिक र सांम्प्रदायीकता भड्काउने कामको सरकारले सशक्त प्रतिकार गर्ने बताए ।
प्रधानमन्त्री ओलीले सुरक्षा परिषदको अध्यक्षको हैसियलले आफूले सबै गतिविधि नियालिरहेको भन्दै तथ्यको गहिराइमा गएर त्यस्ता घटनाको छानविन र दोषीलाई कारवाही हुने बताए ।
‘कुनै भावनात्मक रुपमा होइन, नेपाल लोकतान्त्रिक मार्गमा अगाडि बढ्छ । प्रतिगमन संम्भ छैन त्यो सोचाइ मनमा नराखे हुन्छ । यो देशले अनेक उतार चढाउ भोगेको छ , देखेको छ । नेपाली सेनाले देखेको छ भोगेको छ राष्ट्रको एकताको पक्षमा लडेको छ । सुरक्षा निकायहरु निम्छरो अवस्थामा पनि निर्भिकताका साथ राष्ट्रको पक्षमा लडेका छन्’ प्रधानमन्त्री ओलीको भनाई थियो ।
राष्ट्रिय सुरक्षा सम्बन्धि नीति र अवधारणाहरु समयानुकुल ढंगले एकीकृत र सुदृढ बनाउने तयारी भइरहेको प्रधानमन्त्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण