सिन्धुलीमा भारी वर्षा, सुनकोसीले सतर्कता तह पार गर्यो
बुधबार, १६ साउन २०८१, ०९ : ०९

काठमाडौँ । आज बिहान सिन्धुली जिल्लामा भारी वर्षा भएको छ । सो जिल्ला भई बहने अधिकांश नदी तथा खोलामा जलसतह सतर्कता तहभन्दा माथि पुगेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
सुनकोसी नदी खुर्कोट जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको हुँदा उक्त नदीको तल्लो तटीय क्षेत्रमा रहनेहरूले आज साँझ सम्म सतर्कता अपनाउन विभागले अनुरोध हो।
सिन्धुलीको कमला नदी, रानीबासस्थित जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश
-
छविलाल जोशीका वकिलहरूले भने, ‘उहाँलाई फसाइयो’
-
प्रधानमन्त्री कप भलिबल प्रतियोगिता सुरू
-
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखमाथि दलियो कालोमोसो
-
पत्रकार महासङ्घ काठमाडौँले बुझायो महानगरसहित ११ पालिकालाई ध्यानाकर्षणपत्र
-
क्षेत्राधिकार भन्दा बाहिर गएर परराष्ट्रले लेखेको पत्रको औचित्य छैन : शर्मा