बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
बिहीबार, १७ साउन २०८१, ११ : ०१
काठमाडौँ । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १६ सय रुपैयाँले बढेको हो ।
बुधवार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १६ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ ।
बुधवार तोलामा १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण