प्रिसिजनमा युनाइटेडलाई दुईवटा झट्का

काठमाडौँ । हालै म्यानचेस्टर युनाइटेडमा भित्रिएका युवा डिफेन्डर लेनी योरो चोटग्रस्त हुँदै तीन महिना मैदान बाहिर रहने भएका छन् । उनी यो सिजन ५.२ करोड पाउन्डमा फ्रेन्च क्लब लिलबाट युनाइटेड भित्रिएका हुन् ।
स्ट्राकर रासमस होइलन्ड पनि चोटका कारण ६ हप्ता मैदानबाहिर रहनेछन् । दुवै खेलाडी गत शनिबार आर्सनलविरुद्धको मैत्रीपूर्ण खेलमा घाइते भएका थिए । लस एन्जलिसको सोफी स्टेडियममा भएको खेलमा दुवै खेलाडी पहिलो हाफमा नै मैदान छाड्न बाध्य भएका थिए ।
आज भएको रियल बेटिसविरुद्धको खेलअघि स्रोतले यो कुरा पुष्टि गरेको बीबीसी स्पोर्टले जनाएको छ । योरोलाई मंगलबार लस एन्जलिसमा रहेको युनाइटेडको प्रशिक्षण क्याम्पमा वैशाखीसहित देखिएको थियो ।
१८ वर्षीय खेलाडी अक्टोबर महिनासम्म खेल पाउने छैनन् । उनले प्रिमियर लिगका ९ वटा खेलमा सहभागी हुने पाउने छैनन् । यसमा लिभरपुल, टोटनह्याम र एस्टन भिल्लाविरुद्धका खेलहरू रहेका छन् । उनले युनाइटेडको युरोपा लिग र काराबाओ कपका खेलहरू पनि गुमाउनेछन् ।
उता होइलन्डले आर्सनलविरुद्ध युनाइटेडका लागि पहिलो गोल गरे पनि उनको ह्यामस्ट्रिङमा समस्या देखिएको थियो । उनी सेप्टेम्बरसम्म मैदानमा फर्कन पाउने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला