प्रिसिजनमा युनाइटेडलाई दुईवटा झट्का
काठमाडौँ । हालै म्यानचेस्टर युनाइटेडमा भित्रिएका युवा डिफेन्डर लेनी योरो चोटग्रस्त हुँदै तीन महिना मैदान बाहिर रहने भएका छन् । उनी यो सिजन ५.२ करोड पाउन्डमा फ्रेन्च क्लब लिलबाट युनाइटेड भित्रिएका हुन् ।
स्ट्राकर रासमस होइलन्ड पनि चोटका कारण ६ हप्ता मैदानबाहिर रहनेछन् । दुवै खेलाडी गत शनिबार आर्सनलविरुद्धको मैत्रीपूर्ण खेलमा घाइते भएका थिए । लस एन्जलिसको सोफी स्टेडियममा भएको खेलमा दुवै खेलाडी पहिलो हाफमा नै मैदान छाड्न बाध्य भएका थिए ।
आज भएको रियल बेटिसविरुद्धको खेलअघि स्रोतले यो कुरा पुष्टि गरेको बीबीसी स्पोर्टले जनाएको छ । योरोलाई मंगलबार लस एन्जलिसमा रहेको युनाइटेडको प्रशिक्षण क्याम्पमा वैशाखीसहित देखिएको थियो ।
१८ वर्षीय खेलाडी अक्टोबर महिनासम्म खेल पाउने छैनन् । उनले प्रिमियर लिगका ९ वटा खेलमा सहभागी हुने पाउने छैनन् । यसमा लिभरपुल, टोटनह्याम र एस्टन भिल्लाविरुद्धका खेलहरू रहेका छन् । उनले युनाइटेडको युरोपा लिग र काराबाओ कपका खेलहरू पनि गुमाउनेछन् ।
उता होइलन्डले आर्सनलविरुद्ध युनाइटेडका लागि पहिलो गोल गरे पनि उनको ह्यामस्ट्रिङमा समस्या देखिएको थियो । उनी सेप्टेम्बरसम्म मैदानमा फर्कन पाउने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण