७ महिनामा भित्रिए ६ लाख ४७ हजार पर्यटक, एकतिहाइ भारतीय
काठमाडौँ । सन् २०२४ को जुलाई महिनामा ६४ हजार ५९९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । कोभिडअघि सन् २०१९ को जुलाईमा ७० हजार ९१६ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
सन् २०२४ को जुलाईसम्म नेपाल घुम्न आउने पर्यटकहरूको सङ्ख्या ६ लाख ४७ हजार ६१५ जना पुगेको छ । पछिल्लो चार वर्षको तुलनामा भने यस अवधिमा पर्यटक आगमन उच्च हो । सन् २०२३ को जुलाईमा ५७ हजार ७२६ जना विदेशी पर्यटक नेपाल आएका थिए भने २०२२ मा ४४ हजार ४६२, २०२१ मा ३ हजार ६३ र २०२० को जनवरीमा जम्मा १९६ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
एकतिहाइ पर्यटक भारतीय
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको रिपोर्ट अनुसार सन् २०२४ को जुलाईमा आगमन भएको कूल पर्यटक मध्ये एकतिहाइ अर्थात् ३३.२७ प्रतिशत भारतीय छन् । यस अवधिमा २१ हजार ४९१ जना भारतीय पर्यटक नेपाल आएका छन् ।
यसैगरी दोस्रोमा संयुक्त राज्य अमेरिकाबाट ७ हजार ८६४ जना, चीनबाट ६ हजार ८१८ जना, बेलायतबाट ३ हजार ८०६ जना नेपाल भित्रिएका छन् ।
यस्तै बंगलादेशबाट ३ हजार ४७० जना पर्यटक नेपाल आएकामा अस्ट्रेलियाबाट १ हजार ९०१ जना, दक्षिण कोरियाबाट १ हजार ५३७ जना, भुटानबाट १ हजार २०७ जना, मलेसियाबाट १ हजार १२५ जना र जापानबाट १ हजार ११४ जना नेपाल आएका छन् ।
यो तथ्याङ्क बाई एयर (हवाई मार्ग) बाट आउने पर्यटकहरूको मात्र हो । तुलनात्मक रूपमा हवाई मार्गबाट आउनेहरू भन्दा तीन गुणा बढी पर्यटक बाई रोड (स्थलमार्ग) हुँदै आउने गरेको पर्यटन बोर्डले जनाएको छ । यसमा पनि भारतीय पर्यटकहरू धेरै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण