सेयर बजार
नेप्से परिसूचक ५.२९ अंकले घट्यो, कति भयो कारोबार ?
बिहीबार, १७ साउन २०८१, १७ : ३०
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयर बजार परिसूचक (नेप्से) ५.२९ अंकले घटेको छ ।
नेपाल स्टक एक्सजेन्जका अनुसार यस दिन नेप्से २ हजार ७५५.६२ को बिन्दु कायम हुँदा ५ करोड १३ लाख २१ जहार ६२९ कित्ता बराबरको २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
यस दिन नेप्से घटेपनि ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । हाइड्रोइलेक्ट्रिक इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीसहितका ५ कम्पनीको सेयर १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ । यस दिन सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्सको सेयर कारोबार हुँदा ७ वटा उपसूचक राताम्मे भयो । यस्तै ६ वटा उपसूचक भने धनात्मक बन्यो ।
अघिल्लो दिन अर्थात बुधबार ६४ अङ्कमाथिले नेप्से सूचक बढ्दा २१ अर्ब ८९ करोड रुपैयाँमाथिको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण