फेदी खोला हाइड्रोमा वाणिज्य बैंकले ऋण लगानी गर्ने, आईपीओको तयारी
काठमाडौँ । फेदी खोला हाइड्रोमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ । फेदी खोला हाइड्रो पावर कम्पनी प्रा.लिले फेदी खोला, थुम्लुङ्गमा ४.३ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउँदैछ । उक्त आयोजनाका लागि वाणिज्य बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको हो ।
यस सन्दर्भमा बिहीबार राजधानीमा कम्पनी र राष्ट्रिय वाणिज्य बैंक विच लगानी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिका तर्फबाट पूर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञवाली र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पा सिलिछो गा.पा. वडा नं. ६ मा निर्माणाधीन४.३ मेगावाटको फेदी खोला (थुम्लुङ्ग) जलविद्युत् आयोजनामा बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्नेछ ।
कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड रुपैयाँ बराबर रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यही साउन महिनाको अन्त्यसम्ममा कम्पनीलाई प्रालिबाट लि.मा अर्थात् सर्वसाधारणमा परिवर्तन गरी ४४ करोड स्वपुँजीको ३० प्रतिशत अर्थात् १३ करोड २० लाख आईपीओ निष्कासन यही आर्थिक वर्षभित्र जारी गर्ने समेत जनाएको छ ।
२०८२ असोज भित्र सम्पन्न हुने यस आयोजनाको लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्स्ट्रक्सन पावर जडान, पहुँच मार्ग निर्माण, गोदाम घर, आवास गृह आदिको निर्माण सम्पन्न भएको र हालसम्म आयोजनाको करिब ३० प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण