सामाजिक र सांस्कृतिक रूपान्तरण आवश्यक छ : अध्यक्ष दाहाल
बिहीबार, १७ साउन २०८१, १७ : ५६
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सामाजिक र सांस्कृतिक रूपान्तरणको आवश्यकता रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले राष्ट्रिय सभाबाट सरकारलाई भएका रुलिङ, सभाका समितिबाट दिइएका निर्देशन एवं सुझावबारे कार्यान्वयनमा तदारुकता दिन सरकारलाई दबाब दिनुपर्ने बताए । उनले राष्ट्रिय सभा आफैँले उत्पादन गरेका र आफैँले निक्र्यौल गरेका विषयहरूलाई कार्यान्वयन गराउन गहन भएर लाग्नुपर्ने बताए । कार्यान्वयनको पक्षमा तदारुकता देखाउने, अनुगमनको विषयलाई कसरी लैजाने ? सरकारसँगको सम्बन्धलाई कायम गर्ने भन्नेबारेमा नयाँ बहस सुरु गर्न जरुरी रहेको बताए ।
अध्यक्ष दाहालले महिला, सामाजिक विषयहरूमा पनि जटिल समस्या रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण