पेरिस ओलम्पिक : पदक तालिकामा चीनको अग्रता कायमै, आयोजक फ्रान्स पछ्याउँदै

पेरिस । पेरिस ओलम्पिकको पदक तालिकामा चीनले आफ्नो अग्रता कायम राखेको छ । चीनले हालसम्म १३ स्वर्णसहित कूल ३१ वटा पदक जितेको हो । यसमा ९ रजत र ९ कांस्य समावेश छ ।
दोस्रो स्थानमा आयोजक राष्ट्र फ्रान्स रहेको छ । फ्रान्सले कूल ३६ वटा पदक जितेको छ । यसमा ११ स्वर्ण, १२ रजत र १३ कांस्य पदक रहेका छन् ।
शानदार प्रदर्शन गरिरहेको अस्ट्रेलियाले पनि ११ स्वर्ण पदक जितेको छ । उसले ६ रजत र ५ कांस्यसहित कूल २२ वटा पदक हात पारेको छ ।
९ स्वर्ण जितेको अमेरिका चौथो स्थानमा छ । उसले कूल ४३ पदक जितेको थियो । यसमा १८ रजत र १६ वटा कांस्य पदक रहेको छ । बेलायत पनि ९ वटा नै स्वर्ण पदक जितेको छ । टोलीले १० रजत र ८ कांस्यसहित २७ वटा पदक हात पारेको छ ।
पदक तालिकामा जापान (८ स्वर्ण) छैटौँ स्थान रहेको छ भने दक्षिण कोरिया (७ स्वर्ण) सातौँ स्थानमा छ । शीर्ष १० मा क्रमशः इटाली (५ स्वर्ण), नेदरल्यान्ड्स (४ स्वर्ण) र क्यानडा (३ स्वर्ण) रहेका छन् ।
छिमेकी राष्ट्र भारतले हालसम्म ३ वटा पदक जितेको छ । यी सबै कांस्य पदक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह