पेरिस ओलम्पिक : पदक तालिकामा चीनको अग्रता कायमै, आयोजक फ्रान्स पछ्याउँदै
पेरिस । पेरिस ओलम्पिकको पदक तालिकामा चीनले आफ्नो अग्रता कायम राखेको छ । चीनले हालसम्म १३ स्वर्णसहित कूल ३१ वटा पदक जितेको हो । यसमा ९ रजत र ९ कांस्य समावेश छ ।
दोस्रो स्थानमा आयोजक राष्ट्र फ्रान्स रहेको छ । फ्रान्सले कूल ३६ वटा पदक जितेको छ । यसमा ११ स्वर्ण, १२ रजत र १३ कांस्य पदक रहेका छन् ।
शानदार प्रदर्शन गरिरहेको अस्ट्रेलियाले पनि ११ स्वर्ण पदक जितेको छ । उसले ६ रजत र ५ कांस्यसहित कूल २२ वटा पदक हात पारेको छ ।
९ स्वर्ण जितेको अमेरिका चौथो स्थानमा छ । उसले कूल ४३ पदक जितेको थियो । यसमा १८ रजत र १६ वटा कांस्य पदक रहेको छ । बेलायत पनि ९ वटा नै स्वर्ण पदक जितेको छ । टोलीले १० रजत र ८ कांस्यसहित २७ वटा पदक हात पारेको छ ।
पदक तालिकामा जापान (८ स्वर्ण) छैटौँ स्थान रहेको छ भने दक्षिण कोरिया (७ स्वर्ण) सातौँ स्थानमा छ । शीर्ष १० मा क्रमशः इटाली (५ स्वर्ण), नेदरल्यान्ड्स (४ स्वर्ण) र क्यानडा (३ स्वर्ण) रहेका छन् ।
छिमेकी राष्ट्र भारतले हालसम्म ३ वटा पदक जितेको छ । यी सबै कांस्य पदक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण