स्वास्थ्य
ललितपुरका थप दुई जनामा हैजा पुष्टि, सङ्क्रमित सङ्ख्या २५ पुग्यो
शनिबार, १९ साउन २०८१, १० : ३८

काठमाडौँ । ललितपुरका थप दुई जनामा हैजा पुष्टि भएको छ । योसँगै देशभर हैजा सङ्क्रमित सङ्ख्या २५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २४ घण्टामा ललितपुरका दुई जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँको टोखाका १ जनामा र ललितपुर जिल्लाको गोदावारी, ग्वार्को, इमाडोल लगायत विभिन्न स्थानका १६ जनामा हैजा सङ्क्रमण देखिएको ईडीसीडीले जनाएको छ ।
यस्तै, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको ८ जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो ।
पानीमा दिशाजन्य पदार्थको मिश्रण हुँदा मानिसमा हैजा देखिने गर्दछ । निर्मलीकरण गरेको पानी मात्रै पिउन विज्ञहरूको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हावाहुरीका कारण फेवातालमा पल्टिएको डुङ्गामा सवार सबैको उद्धार, एक जनाको उपचार हुँदै
-
तीनकुने घटना : मिश्र र प्रसाईँसहित २४ जनालाई ५ दिन म्याद थप
-
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरूद्ध न्याय परिषद्मा उजुरी
-
काठमाडौँ महानगरले गर्यो अस्पताललाई ५० हजार जरिवाना
-
राष्ट्रिय गौरवका आयोजना नीति तथा कार्यक्रममा किन समेटिएन ?
-
फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो