राजनीतिमा विद्यार्थी अग्रसर हुन जरुरी छ : अध्यक्ष लिङ्देन
बनियानी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक क्षेत्रमा विद्यार्थी अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । आज राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कचनकवल झापाको अधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशलाई सकारात्मक दिशामा अग्रसर बनाउन विद्यार्थीहरू राजनीतिमा प्रवेश गर्नुपर्नेमा जोड दिए ।
“राजनीति क्षेत्रमा विद्यार्थीको सक्रिय सहभागिता महत्त्वपूर्ण छ, देशको भविष्य विद्यार्थीहरूको हातमा छ, उनीहरूले मुलुकलाई सकारात्मक दिशा दिन सक्छन्”, उनले भने । राजनीति राम्रो भएमात्र देश विकास र सबैको भविष्य सुन्दर हुने उनले बताए । उनले भने, “तपाईँहरू राजनीतिमा आउनुपर्छ, राजनीतिलाई राम्रो बनाउनुपर्छ ।” योग्य विद्यार्थी राजनीतिमा नआए मुलुकले उन्नति हासिल गर्न नसक्ने उनले बताए ।
“हाम्रो आमाबुबाको भविष्य बर्बाद भयो, हाम्रो पनि भविष्य बर्बाद भएको छ”, उनले भने, “तपाईहरूले पढाइसँगै राजनीतिमा पनि चासो दिन जरुरी छ ।” विद्यार्थीको हकहितका लागि सङ्गठनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुहुँदै उनले नयाँ नेतृत्वलाई सफलताको शुभकामना दिए ।
अधिवेशनले विकास शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा युनिसा दङ्गाल, कसिल दङ्गाल र टीकामाया कार्की चयन हुनुभएको छ भने सचिवमा विनोद पोखरेल र सहसचिव सकिला लिम्बू चयन भएका छन् । कोषाध्यक्षको भूमिकामा सलेली राजवंशी चयन भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी, सदस्यमा कोपिला राई, अपेक्षा राई, कमला बस्नेत, आशिष ढुङ्गेल, अभिषेक पराजुली, दर्पण लुइँटेल, राजा थापा, अशोक राजवंशी, राजा मण्डल, गोभा कटुवाल, शिल्वती राजवंशी, ममता राजवंशी, र मुकेश राजवंशी चयन भएका छन् ।
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य अञ्जरा आलम, राप्रपा जिल्ला सदस्य एवं प्रदेशसभा सदस्य निमसरी राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सकियो
-
रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा
-
विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
-
ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा
-
बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा ४ जना महिला पक्राउ
-
सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण