तत्कालै लेबनान छाड्न आफ्ना नागरिकलाई अमेरिकाको अनुरोध

बेरुत । लेबनानको बेरुतमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई तत्कालै लेबनान छाड्न अनुरोध गरेको छ । मध्यपूर्वमा तनाव बढिरहेको समयमा दूतावासले उपलब्ध जुनसुकै टिकटमा लेबनान छाडिहाल्न भनेको छ ।
बुधबार तेहरानमा हमास प्रमुख इस्माइल हानियाको हत्यापछि इरानले इजरायलसँग कडा प्रतिकार गर्ने कशम खाएको छ । बेरुतमा हेजबुल्लाहका कमान्ड फाउद शुकर मारिएको केही घण्टामै हनियाको हत्या भएको थियो ।
लेबनानमा रहेको हेजबुल्लाहले यी हत्याको प्रतिकारमा ठुलो भूमिका खेल्न सक्ने र इजरायलले पनि गम्भीरतापूर्वक यसको जवाफी हमला गर्न सक्ने आशङ्का भड्किएको छ । स्थानीय समयअनुसार आइतबार मध्यरातमा हेजबुल्लाहले उत्तरी इजरायलको बेइत हिलेल सहरमा दर्जनौँ रकेट लन्च गरेको थियो ।
मध्य पूर्वमा हिंसा भड्किरहँदा जोर्डन, क्यानडा लगायत देशहरूले पनि आ–आफ्ना नागरिकलाई लेबनानको भ्रमण नगर्न चेतावनी दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँबाट बाहिरिँदा १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाइने
-
अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण
-
देशलाई मन्दीबाट बचाउनुपर्छ : पुटिन
-
बिपी राजमार्गमा राति यातायात सञ्चालन रोक
-
टि ट्वान्टी आई सिरिज : नेपालले गुमायो चार विकेट
-
१० बजे १० समाचार : कात्तिकमा उपनिर्वाचनको प्रस्ताव, रास्वपामा मुकुल नै महामन्त्री !