खराब कर्जाको प्रभाव : स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा साढे ४ प्रतिशतले घट्यो
काठमाडौँ । स्टान्डर्ड चार्टर्ड बैंकले नाफा घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० को तुलनामा गत आर्थिक वर्षको नाफा ४.५ प्रतिशतले घट्न पुगेको हो । कम्पनीद्धारा सार्वजनिक रिपोर्टअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ बैंकले कमाएको थियो ।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी घट्नु र निष्क्रिय कर्जा बढ्दाले बैंकको नाफा प्रभावित हुन पुगेको हो । बैंकले गत आर्थिक वर्ष ५ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्ल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ९५ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा बैंकको कूल प्रवाहित कर्जाको २.१४ प्रतिशत कर्जा निष्कृय बन्न पुगेको छ । पहिले यस्तो कर्जा १.१८ प्रतिशत थियो । जसका कारण वित्तीय व्यवस्थापन अर्थात् प्रोभिजनका लागि मात्र आर्थिक वर्षमा बैंकले २१ करोड ६१ लाख रुपैयाँ छुट्याएको छ ।
बैंकको नाफामा सामान्य गिरावट आउँदा प्रतिसेयर आम्दानी केही घटेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७५ पैसा रहेकोमा अहिले ३५ रुपैयाँ ९ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ छ । आधार दर जम्मा ६. ६ प्रतिशत छ ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्वालिटी’ ब्रान्डको मुँगको दाल बजारबाट तत्काल फिर्ता गर्न विभागको आदेश
-
पोखरा फोहोर प्रशोधन केन्द्रः जग्गाकै टुंगो छैन, मेयर भन्छन्, निर्माण अन्तिम चरणमा पुगिसक्यो'
-
आईसीसीद्वारा विश्वकपको ढाँचामा ठुलो फेरबदल
-
काजाकिस्तानको अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ को पाँचौँ खण्ड प्रवर्द्धन कार्यक्रम
-
सहयोद्धालाई पत्र : ती दिन अझै बिर्सिएको छैन
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण