सामाजिक सुरक्षा कोषमा आबद्ध हुने तर निरन्तरता नदिने धेरै
काठमाडौँ । वैदेशिक रोजगारीमा गएकाहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भए पनि त्यसलाई निरन्तरता नदिएको पाइएको छ । कोषका अनुसार कोषमा योगदान गरेर वैदेशिक रोजगारीमा गएकामध्ये दुई/तीन प्रतिशतले मात्रै निरन्तरता दिएका छन् ।
श्रम स्वीकृति लिएर जानेको सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको सङ्ख्या १० लाख नाघेको छ । कोषमा हाल जम्मा भएको रकम हेर्दा पनि कसैले पनि एक पटकभन्दा बढी रकम जम्मा नगरेको तथ्याङ्कले देखाउँछ । कोषमा दुई अर्ब ३२ करोड ७१ लाख ५१ हजार रकम जम्मा भएको देखिन्छ ।
कोषका अनुसार कोषको योजनामा हालसम्म १५ लाख ११ हजार ८०५ जना आबद्ध छन् । जसमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १० लाख ११ हजार ८०५ जना रहेको छ भने औपचारिक क्षेत्रका पाँच लाख १६ हजार ७७७ जना आबद्ध भएका छन् ।
तर कोषमा हाल जम्मा भएको रकम हेर्दा कसैले पनि एक पटकभन्दा बढी रकम जम्मा नगरेको तथ्याङ्कले देखाएको छ ।
वैदेशिक रोजगारीमा जानेलाई यसको फाइदाबारेमा जानकारी दिन नसकेकाले पनि यसमा निरन्तरतामा समस्या भएको हुन सक्ने कोषले जनाएको छ । तर अब यसलाई अभियानकै रूपमा अघि बढाउन लैजान विभिन्न कार्यक्रम अगाडि सारिएको कोषले जनाएको छ ।
वैदेशिक रोजगारीमा नयाँ जाने श्रमिक श्रम स्वीकृति पूर्व कोषको योजनामा अनिवार्य आबद्ध हुने गरेका छन् । वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुनसक्ने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण