अर्थतन्त्रलाई चलायमान बनाउन नीतिगत र कानुनी सुधार अपरिहार्य छ : अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष अध्यक्ष राजेश अग्रवालले मुलुकलाई समृद्धि तर्फ लैजान नीतिगत र कानुनी सुधार अपरिहार्य रहेको बताएका छन् । आइतबार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एसोसिएसन (अडान) को १९ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष अग्रवालले मौद्रिक नीति र वित्त नीतिको सामाञ्जस्यताका साथ अगाडि बढ्ने निजी क्षेत्रले अपेक्षा लिएको बताए । उनले ऋणात्मक रूपमा रहेको उत्पादन क्षेत्रलाई अगाडि बढाउन सहुलियत प्रदान गर्न आवश्यक रहेको बताए ।
अध्यक्ष अग्रवालले मौद्रिक नीतिले चेक अनादरमा कालोसूचीमा नराख्ने व्यवस्था गर्नु निर्माण व्यवसायीहरूको लागि राम्रो देखिए पनि दीर्घकालीन भने असर पर्ने बताए । उनले चेक लिएर सामान बिक्री वितरण गरेका उद्योगी व्यवसायीहरू समस्यामा पर्ने र आगामी दिन निर्माण व्यवसायीहरूले चेक दिएर समान नपाउने अवस्था भएकाले सरकारले सोच्नुपर्ने भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराए ।
अध्यक्ष अग्रवालले चुनौतीपूर्ण रहेको मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन बढ्दो व्यापारघाटा न्यूनीकरण गर्न निर्यातमूलक उद्योगको प्रवर्धन र स्वदेशी उद्योगको संरक्षण अपरिहार्य भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण