ताप्लेजुङ केन्द्रबिन्दु भएर लगातार भूकम्प
आइतबार, २० साउन २०८१, २१ : ४२

काठमाडौँ । नेपालको पूर्वी जिल्ला ताप्लेजुङ केन्द्रबिन्दु भएर पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । आइतबार जिल्लाको आँखोप केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ४ बजेर २ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । यसको तीव्रता ४.२ म्याग्निच्युडको थियो ।
आठ दिन अघि साउन १२ गते पनि ताप्लेजुङ नै केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । खेन्जिम केन्द्रबिन्दु भएको सो भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको भूकम्प मापन केन्द्रको भनाई छ ।
त्योभन्दा अघि असार २६ गते जिल्लाको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । बिहान १ बजेर ४६ मिनेटमा गएको सो भूकम्पको तीव्रता ४.४ म्याग्निच्युडको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न
-
कैलाली भन्सार कार्यालयद्वारा ७ अर्ब ८१ करोड राजस्व सङ्कलन
-
उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान
-
सिंहदरबारमा उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै
-
बाढी र पहिरोले ५ वटा सडक अवरुद्ध, ३ वटा एकतर्फी
-
राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द