ताप्लेजुङ केन्द्रबिन्दु भएर लगातार भूकम्प
आइतबार, २० साउन २०८१, २१ : ४२
काठमाडौँ । नेपालको पूर्वी जिल्ला ताप्लेजुङ केन्द्रबिन्दु भएर पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । आइतबार जिल्लाको आँखोप केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ४ बजेर २ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । यसको तीव्रता ४.२ म्याग्निच्युडको थियो ।
आठ दिन अघि साउन १२ गते पनि ताप्लेजुङ नै केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । खेन्जिम केन्द्रबिन्दु भएको सो भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको भूकम्प मापन केन्द्रको भनाई छ ।
त्योभन्दा अघि असार २६ गते जिल्लाको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । बिहान १ बजेर ४६ मिनेटमा गएको सो भूकम्पको तीव्रता ४.४ म्याग्निच्युडको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण