जेफ्रीको शानदार बलिङसामु नतमस्तक बन्यो भारत
कोलम्बो । जेफ्री भान्डर्सेले शानदार बलिङ गर्दै ६ विकेट लिएपछि दोस्रो एकदिवसीय खेलमा भारत पराजित भएको छ । आइतबार राति भएको खेलमा श्रीलंका ३२ रनले विजयी बनेको हो ।
जेफ्रीले १० ओभर बलिङ गर्दै ६ विकेट लिँदा मात्र ३३ रन खर्चिए । योसँगै २ सय ४१ रनको लक्ष्य पाएको भारत ४२.२ ओभरमा अलआउट हुँदै २ सय ८ रनमा सीमित बन्यो ।
भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६४ रनको योगदान दिए । उनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।
शर्मासँग मिलेर शुभमन गिलले भारतलाई राम्रो सुरुवात दिलाएका थिए । गिलले ४४ बलमा ३५ रन जोडे । दुवैले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए ।
अक्षर पटेलले ४४ बलमा ४४ रनको इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । वासिङ्टन सुन्दरले १५ रन तथा विराट कोहलीले १४ रनको योगदान दिए । श्रीलंकाका लागि चरिथ अशलंकाले ३ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४० रन बनाएको थियो । श्रीलंकाका लागि अभिष्का फर्नान्डो र कामिन्डु मेन्डिसले समान ४०–४० रन जोडे ।
त्यस्तै, दुरिथ वेललागेले ३९ रनको योगदान दिए भने कुशल मेन्डिसले ३० रन तथा अशलंकाले २५ रन बनाए । भारतका लागि वासिङ्टन सुन्दरले ३ तथा कुलदीप यादवले २ विकेट लिए । मोहम्मद सिराज र अक्षर पटेलले एक–एक विकेट हात पारे ।
दुई टोलीबिचको पहिलो खेल बराबरीमा सकिएको थियो । जितसँगै श्रीलंकाले शृङ्खलामा १–० को अग्रता लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण