हिंसा भड्किएपछि बेलायतमा आकस्मिक मन्त्रिपरिषद् बैठक

लन्डन । सप्ताहान्तमा बेलायती सहरहरूमा हिंसात्मक विरोध प्रदर्शनपछि प्रहरीले १५० जना भन्दा बढीलाई पक्राउ गरेको छ । पछिल्लो स्थितिबारे छलफल गर्न सोमबार किर स्टार्मरले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउने भएका छन् ।
रोथर्ह्यामस्थित एक होटलमा आश्रय लिइरहेकाहरू माथि आक्रमण भएपछि प्रधानमन्त्रीले हमलाको पनि आलोचना गरेको थिए । हिंसामा संलग्न भएकाहरूले कडा कारबाहीको सामना गर्ने उनले बताए ।
देशका रोथरर्ह्याम, मिडलस्बर्ग, बोल्टन शहर र अन्य हिस्सामा आइतबार हिंसा फैलिएको थियो । गएको हप्ता साउथ पोर्टमा एउटा डान्स क्लासमा तीन जना बालिकाको छुरी हानेर हत्या भएको थियो भने अन्य कयौँ घाइते भएका थिए ।
सो घटनायता बेलायतमा आइतबार लगातार छैटौँ दिन पनि अशान्ति थियो । बैठकको सप्ताहान्तमा भएको हिंसाबारे सरकारलाई जानकारी गराइने र आगामी दिनका लागि प्रतिक्रिया तय गरिने बताइएको छ ।
बैठकमा सम्बन्धित मन्त्रालय र प्रहरी प्रतिनिधिहरू सामेल हुने बताइएको छ । यसअघि पनि हिंसाको विषयमा प्रधानमन्त्री र प्रहरी प्रमुखहरूबिच एउटा र वरिष्ठ मन्त्रीहरूबिच अर्को बैठक बसिएको थियो ।
आइतबारको टेलिभिजन सम्बोधनमा प्रधानमन्त्रीले हिंसात्मक गतिविधिमा संलग्न हुनेहरू पछुताउने चेतावनी दिएका थिए । हिंसामा मुस्लिम समुदायहरूलाई लक्षित गरिएको र मस्जिदमा आक्रमण भएको पनि उनले सम्बोधनमा उल्लेख गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?
-
भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान