‘टेक एक्स, २०२४’ सम्पन्न, १० हजारभन्दा बढीले गरे अवलोकन
काठमाडौँ । सफ्टवेरिका कलेज अफ आइटी एन्ड इकमर्शले आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरूको प्रदर्शनी ‘टेक एक्स २०२४’ मा १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । यही साउन १५ गतेदेखि २० गतेसम्म डिल्ली बजारस्थित कलेज परिसरमा आयोजित प्रदर्शनीमा सूचना प्रविधिमा रुचि राख्ने विद्यार्थी, अध्येयता, राजनीतिकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको कलेजले जनाएको छ ।
कलेजमा स्नातक तह दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले निर्माण गरेका परियोजनाहरू प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू हरि ढकाल लगायतका विभिन्न पार्टीका राजनीतिज्ञ तथा नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेललगायले अवलोकन गरेका थिए । साथै प्लस टु तह पूरा गरेका र अध्ययनरत विद्यार्थीका साथै सूचना प्रविधिका उद्यमीहरूको पनि उल्लेख्य सहभागिता रहेको कलेजले जनाएको छ ।
‘प्रदर्शनी सूचना प्रविधिमा रुचि राख्ने, अध्ययन गर्न चाहने लगायतलाई लक्षित गरी सुरु गरिएको थियो । प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ’ कलेजका निर्देशक अमृत थापाले भने, ‘प्रदर्शनीमा अवलोकनकर्ताको भीडले हामीलाई हौसला मिलेको छ, प्रदर्शनी प्रविधिमा रुचि राख्नेहरूसँगै राजनीतिककर्मीहरुको सहभागिताले विशेष बनेको छ ।’

प्रदर्शनीमा सञ्चालित रोबो मेनियामा एक्सर पहिलो भयो भने दोस्रो स्थान डिस्ट्रक्टरले पायो । साथै तेस्रो स्थानमा बोट माइन्ढडस् रह्यो । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रदर्शनीमा रोबोटिक डग,लाइब्रेरी तथा एयरपोर्ट म्यानेजमेन्टका लागि लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि, विद्यार्थीहरूले पासवर्ड क्रयाकिङको विश्लेषण गर्ने रोबर्ट प्रदर्शनीमा राखिएको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य पछिल्लो समय आइटीको क्षेत्रमा भइरहेको आमूल परिवर्तनबारे जानकारी दिनु रहेको कलेजले जनाएको छ । विद्यार्थीहरूले आइटीसम्बन्धी अध्ययन पश्चात् जीवन उपयोगी सीप विकासमा कस्तो भूमिका खेलिरहेका छन् भन्नेबारे पनि कार्यक्रममा चर्चा गरिएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।
‘आइटीको क्षेत्रमा पछिल्लो समय के–कस्ता परिवर्तन भइरहेका छन् । यही क्षेत्रमा के–के परिवर्तन गर्न सकिन्छ । आइटी अध्ययनले हाम्रो जीवनमा कस्तो भूमिका खेलिरहेको छ । र, हामीलाई आइटी अध्ययन किन जरुरी छ भन्ने जस्ता कुराको ज्ञान दिन कार्यक्रम आयोजना गरिएको थियो’ कलेज प्रमुख प्रमोद पौडेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण