कांग्रेस–एमाले अनुकूलको संविधान संशोधन कदाचित मान्य हुनेछैन : सन्तोष परियार
सोमबार, २१ साउन २०८१, १५ : ००

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले आफू अनुकूल संविधान संशोधन गर्ने सत्तारुढ गठबन्धनको सहमति मान्य नहुने बताएका छन् ।सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
प्रमुख सचेतक परियारले सरकारले राज्यका सबै निकायमा समावेशी हुनेगरी प्रतिनिधित्व गराउन पनि सरकारलाई सचेत गराए । उनले सरकारले समावेशिताको आधारमा राज्यका सबै अंगमा नियुक्ति गर्नुपर्ने व्यवस्थालाई लत्त्याएको आरोप समेत लगाए ।
प्रमुख सचेतक परियारले संविधानले समावेशितालाई जोड दिएपनि सरकारले सोही अनुसार काम गर्न नसकेको भन्दै आपत्ति जनाए । उनले सरकार संविधानअनुसार अघि बढ्न नसकेको जिकिर पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे
-
‘पेट्रोल’ फल्ने तरुल केसभाको सम्भावना
-
राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा, तस्बिरहरू
-
छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सलाई झट्का, आईपीएलको बाँकी खेल खेल्न स्टार्क नफर्कने
-
बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री लुम्बिनी आउँदै