समयमा नै दाबी भुक्तानी दिन बीमा कम्पनीहरूलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाले बीमाप्रतिको विश्वास बढाउन र काममा दक्षता अभिवृद्धि गर्न समयमा नै दाबी भुक्तानी दिन बीमा कम्पनीहरूलाई निर्देशन गरेका छन् । सोमबार कोशी प्रदेशको विराटनगरमा आयोजित बीमा कम्पनीका शाखा प्रमुख, कर्मचारी र बीमा सर्भेयरहरुसँग अन्तरक्रिया गर्दै अध्यक्ष सिलवालले यस्तो निर्देशन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा ऐन, नियम र निर्देशिकाको दायरामा रहेर आ–आफ्नो जिम्मेवारी अनुसार काम गर्न सबै बीमा कम्पनीका कर्मचारी तथा बीमा अभिकर्ताहरूलाई निर्देशन दिए । बीमाप्रतिको विश्वास अभिवृद्धिका लागि दाबी भुक्तानी महत्त्वपूर्ण विषय भएकाले समयमैदाबी भुक्तानी गर्न बीमा कम्पनीहरूले सुझबुझका साथ काम गर्न समेत अध्यक्ष सिलवालले निर्देशन दिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले नागरिकलाई सरल एवं सहजरूपमा बीमा सेवा उपलब्ध हुने गरी कार्य गर्न र कुनै समस्या परेमा प्राधिकरणको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा जानकारी गराउन आग्रह गरे ।
कार्यक्रममा घातक रोग बीमा, एकल बीमाशुल्क, कर सुविधाको सीमा, बीमक तथा लघुबीमकबीच बीमादरमा देखिएको स्पष्टता, दाबी व्यवस्थापन, प्रदेश तथा शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन, बीमा अभिकर्ताको परीक्षा, बीमकका कर्मचारीहरूको क्षमताअभिवृद्धिका लागि तालिमको व्यवस्था, बीमा क्षेत्रमा देखिएका समस्या लगायतकाबीमा सम्बन्धी समग्रविषयमा छलफल भएको थियो ।
कार्यक्रममा कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश कार्यालय र शाखा कार्यालयका प्रमुख तथा कर्मचारीहरू र बीमा अभिकर्ताहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण