केयरगिभरका लागि तीन हजार ४६१ जनाको आवेदन सदर
काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलमा सहायक कामदार (केयरगिभर) का लागि आवेदन दिएकाहरूमध्ये तीन हजार ४६१ जनाको आवेदन सदर भएको छ । केयरगिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये तीन हजार ४६१ जनाको मात्रै आवेदन सदर भएको हो । जसमा एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला रहेका छन् ।
आवेदन दिएकाहरूमध्ये ३२१ जनाको आवेदन रद्द गरिएको विभागले जनाएको छ । त्यस्तै २४२ जनाको आवेदन कागजात नपुगी फिर्ता पठाइएको छ ।
विभागले ती आवेदनहरू सदर गरेसँगै इजरायलको सरकारी निकाय पीबालाई नेमचेकका लागि पठाएको छ । पीबाले नेमचेकको नतिजा पठाउनेछ र उसले पठाएको नेमचेकमा पर्ने उम्मेदवारहरूलाई मात्रै इजरायल सरकारको लट्री प्रोग्राममा समावेश गराउने विभागले जनाएको छ ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दुई हजार सहायक कामदार (केयरगिभर) माग गरेको थियो । त्यसका लागि चार हजार २४ जनाले आवेदन दिएका थिए ।
जसमा एक हजार मुख्य उम्मेदवार तथा एक हजार वैकल्पिक उम्मेदवार हुनेछन् । त्यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कामदार लैजाने इजरायलको नीति छ ।
इजरायलमा कामदार पठाइदिने भनी विभिन्न निकाय तथा व्यक्तिहरूले अनधिकृत रूपमा रकम असुल गर्ने गरेको जानकारी आएको भन्दै विभागले सचेत गराएको छ । त्यस्ता भ्रममा नपर्न र कसैले त्यसरी पैसा लिइरहेको सूचना पाएको खण्डमा विभागमा खबर गर्न समेत अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण