सहकारी ठगी प्रकरण
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित २६ जनासँग बयान लिने संसदीय समितिको तयारी
मङ्गलबार, २२ साउन २०८१, १८ : ००
काठमाडौँ । सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित २६ जनासँग बयान लिने भएको छ ।
मङ्गलबार समितिको कार्य प्रगति सुनाउँदै समिति सभापति सूर्य थापाले २६ जनासँग सोधपुछ गर्ने निर्णय भएको बताए ।
‘सोधपुछका क्रममा सोध्ने प्रश्न तयार पारिएको छ’, उनले भने ।
सूचीमा रहेका २६ जनामध्ये केही विदेश छन् भने केही जेलमा छन् । थापाले उनीहरू सबैको नाम सार्वजनिक गर्न चाहेनन् ।
तथ्यमा केन्द्रित रहेर सोधपुछ गरिने भन्दै थापाले तर मुख्य मानिस बाहिर हुँदा सत्य तथ्य पहिचानमा केही चुनौती हुने बताए ।
सहकारी ठगी प्रकरणमा तत्कालीन गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि उक्त समिति गठन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण