प्रदेश
मधेसका मुख्यमन्त्री सिंहले गरे थप ५ राज्यमन्त्री नियुक्त
मङ्गलबार, २२ साउन २०८१, १८ : १८
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले थप ५ राज्यमन्त्री नियुक्त गरेका छन् । उनले मंगलबार नेपाली कांग्रेसबाट २, जनमत, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट १/१ जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।
एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मो. जयद आलम, कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, ऊर्जा, सिँचाइ, सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुमारी रजक नियुक्त भएका छन् । यस्तै लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग तथा पर्यटन राज्यमन्त्री शम्भु साह नियुक्त भएका छन् ।
योसँगै मधेसको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ । मधेसमा १२ मन्त्रालय रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण