प्रदेश
मधेसका मुख्यमन्त्री सिंहले गरे थप ५ राज्यमन्त्री नियुक्त
मङ्गलबार, २२ साउन २०८१, १८ : १८

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले थप ५ राज्यमन्त्री नियुक्त गरेका छन् । उनले मंगलबार नेपाली कांग्रेसबाट २, जनमत, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट १/१ जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।
एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मो. जयद आलम, कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, ऊर्जा, सिँचाइ, सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुमारी रजक नियुक्त भएका छन् । यस्तै लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग तथा पर्यटन राज्यमन्त्री शम्भु साह नियुक्त भएका छन् ।
योसँगै मधेसको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ । मधेसमा १२ मन्त्रालय रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत