कलेजको प्रेमकथामा ‘जस्ट लभ’ बन्ने
काठमाडौंँ । गाउँले परिवेशमा निर्माण भएका सिरिजले दर्शकलाई मनोरञ्जन दिइरहेको समयमा सहरिया परिवेशलाई समेटेर वेभ सिरिज ‘जस्ट लभ’ निर्माण हुने भएको छ ।
योङ माइन्ड इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा ‘मेरी बास्सै’की कलाकार मुस्कान लामा र पर्यटन व्यवसायी अनु शाही ठकुरीले मिलेर यो सिरिज निर्माण गर्ने भएका हुन् । मुस्कानले सिरिज ‘गोलमाल’ र थुप्रै भिडियो अभिनय गरेकी छन् ।
मंगलबार निर्देशकमा मुनाल शिशिर कोइरालालाई अनुबन्धित गर्दै सिरिज निर्माण घोषणा गरिएको हो । थुप्रै हिट म्युजिक भिडियो दिएका निर्देशक कोइरालाले यसैबाट सिरिज निर्देशनमा डेब्यु गर्न लागेका हुन् । मेघा सिरिजको रुपमा निर्माण हुने ‘जस्त लभ’मा कथ, पटकथा,सवाद र गीत समेत कोइरालाकै रहनेछ ।
बालदिप राई, समीप निरौला, मुस्कान लामा, अनुजा सिंह, सुभाष शाह गौरव हमाल, मुस्कान लामा, अनुजा सिंह, राजकुमार, प्रिती सिवाकोटी, विनिता दाहाल, मुनाल शिशिर कोइराला, सुभाष शाह, विशाल डंगोल, समीक्षा सानुलगायत कलाकार छनौट भएको सिरिजका लागि केही कलाकार छनौटको क्रममा छन् ।
हरिदेवी कोइराला कार्यकारी निर्माता रहेको सिरिजमा सुजन श्रेष्ठको छायाङ्कन र प्रचार तथा सम्पादन सुवास शाह रहेका छन् । सिरिजको गीतमा दीपकराज विश्वकर्माको संगीत तथा गायक नितिन गजुरेल र गायिका एलिना चौहानको स्वरले स्वर दिएका छन् । शहर केन्द्रित कलेज प्रेमकथामा निर्माण हुने सिरिज साउन २८ गतेबाट छायाङ्कन हुनेछ । सिरिज छिट्टै दर्शकले हेनए पाउने निर्देशक कोइरालाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण