‘जुनियर मोडल एण्ड सुपर ग्लोब’मा भाग लिन थाइल्यान्ड उडे सौगात, आरभ र कृतज्ञ
काठमाडौँ । थाइल्यान्डमा आयोजना हुने बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘जुनियर मोडल एण्ड सुपर ग्लाब इन्टरनेशनल २०२४’मा नेपालबाट सौगात घिसिङ, आरभ गौतम, कृतज्ञ डङ्गोल सहभागी हुने भएका छन् । बैंककमा आयोजना हुने प्रतियोगीताकमा सहभागी हुने तीनै प्रतियोगी मंगलबार अबेर साँझ थाइल्याण्ड उडेका छन् ।
सौगात टिन (१३ देखि १५ वर्ष), आरभ गौतम प्रिन्स (८ देखि १०वर्ष) र कृतज्ञ प्रि–टिन (१०देखि १२ वर्ष) समूहमा प्रतिनिधित्व गर्नेछन् । विश्वका २० बढी राष्ट्रका बालबालिका सहभागी हुने प्रतियोगितामा नेपाली बालबालिकाले नेपालको भेषभुषा र कला संस्कृति समेत प्रदर्शन गर्नेछन् । शैक्षिक टुर, विभिन्न मनोरञ्जनात्मक गतिबिधि सहित आयोजना हुने प्रतियोगितामा नेपालको तर्फबाट कला संस्कृति झल्कने प्रदर्शनी समेत आयोजना हुनेछ ।
प्रतियोगीमा सहभागी बालबालिकालाई मोटिभेसनका लागि उनीहरूसँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु सहभागी छन् । सौगात, आरभ र कृतज्ञ रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२४’का विजेता हुन् । प्रतियोगितामा सहभागी नेपाली बालबालिकाको फेसन कन्सेफ्ट फेसन डिजाइनर श्रीषा बैदारको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण