काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।
_wbvAUqee5p.jpg)
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।
_M04bxTIxHl.jpg)
हेलिकप्टरमा सवार अन्य चार जना चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । उनीहरु सबैको मृत्यु भएको छ ।
_xl9dE3wYLe.jpg)
_rEicQ5g0Qu.jpg)
_MN43sY7szc.jpg)
_6vyA8qwD0h.jpg)
_JqJhjn7oOY.jpg)
प्रतिक्रिया