‘घर नम्बर २’मा भित्रिए केकी र उपासना
काठमाडौँ । साउन २५ गतेदेखि छायाङ्कनका लागि फ्लोरमा निस्कने तयारीमा रहेको फिल्म ‘के घर के डेरा: घर नम्बर २’मा अभिनेत्रीको रूपमा केकी अधिकारी र उपासना सिंह ठकुरी भित्रिएका छन् । निर्माण युनिटले बुधबार कलाकारको रूपमा यी दुई अभिनेत्री भित्र्याउँदै फिल्मको लाइनअप पूरा गरेको हो ।
यसअघि फिल्मको मुख्य भूमिकामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल छानिएका थिए । उपासनाले फिल्म ‘खुस्मा’को छायाङ्कन सकेपछि यो फिल्ममा काम गर्न लागेकी हुन् ।
दीपेन्द्र के. खनालको निर्देशन रहने फिल्मको कथा वुद्दिसागरले लेखेका हुन् । फिल्मको छायाङ्कन काठमाडौँका विभिन्न स्थानमा हुनेछ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन, राजीव श्रेष्ठको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मलाई सामाजिक कथावस्तुमा निर्माण गरिने निर्माण पक्षको भनाई छ ।
फिल्म काठमाडौँमा रिच इन्टरटेन्मेन्ट र काठमाडौँ बाहिर एफडी कम्पनीले वितरण गर्न तय भएको छ । फिल्म यसैबर्ष नै रिलिज गर्ने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण