गभर्नर सावले पछिल्लो समय फरक व्यवहार देखाउनुभयो : वर्षमान पुन
काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले पछिल्लो समय केन्द्रीय बैंक र गभर्नरले फरक व्यवहार देखाएको बताएका छन् । बिहीबार अर्थ समितिको बैठकमा पूर्वमन्त्री पुनले यस्तो बताएका हुन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका पालामा कडा मौद्रिक नीति लिएको तर आफू निकट केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा निकै खुकुलो मौद्रिक नीति लिएको उनले आरोप लगाए ।
‘हामी जनप्रतिनिधि हौँ, सत्य बोल्नुपर्छ । पछिल्लो समय गभर्नर साबको व्यवहार, कार्यशैली फेरिएकै हो । नेपाली कांग्रेसको पालामा र नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारका पालामा उहाँले कसेकै हो । तर, अहिले उहाँ आफू निकट सरकार छ, प्रधानमन्त्री र अर्थमन्त्रीलाई सहयोग गर्ने गरी खुकुलो मौद्रिक नीति लिनुभयो’ उनले भने ।
धितोपत्र बजार बढ्नु राम्रो भए पनि पहिले नै सुधारका नीति लिनुपर्नेमा गभर्नरले रोक्ने काम गरेको उनले आरोप लगाए । ‘सेयर धितो कर्जाको सीमा पहिले नै हटाउनुपर्ने थियो तर हटाइएन । अहिले मौद्रिक नीतिमार्फत हटाइयो राम्रो भएको छ उनले भने ।
पुँजी बजारको सन्दर्भमा फेयर कारोबार र व्यवस्थापनका लागि तत्काल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्ने उनले बताए । कुनै चलखेल र बदमासी विना उपयुक्त र योग्य व्यक्तिलाई बोर्डको नेतृत्वमा ल्याउनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण