बंगलादेशका हिन्दुमाथि दमन, नेपालमा चिन्ता
काठमाडौँ । बंगलादेशमा पछिल्लो समय हिन्दुमाथि भइरहेको दुर्व्यवहारप्रति नेपालका हिन्दुवादी संघसंस्था तथा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले बंगलादेशमा अल्पसङ्ख्यक हिन्दु तथा बौद्ध धर्मालम्बीमाथि भएको दमन मानवताविरोधी कार्य रहेको बताएका छन् ।
सांसद भण्डारीले बिहीबार विज्ञप्ति जारी गर्दै बंगलादेशमा रहेका हिन्दु तथा बौद्ध धर्मावलम्बीमाथि भएको हत्या, आक्रमण, आगजनी तथा सिर्जना गरिएको त्रासदी मानवता विरोधी रहेको भन्दै त्यस्ता घटनालाई तत्कालन रोक्न आग्रह गरे ।
बंगलादेशमा धर्म र नश्ल पहिचान गरी गरिएको आक्रमण रोक्न पर्याप्त कूटनैतिक पहल थाल्न पनि सरकारलाई उनले आग्रह गरेका छन् ।
बिहीबार राष्ट्रिय एकता अभियानले बंगलादेशमा भइरहेको आन्दोलनको बारेमा विभिन्न हिन्दुवादी संघ संस्थासँग छलफल गरेको छ ।
छलफलमा प्रतिनिधि सभा सदस्य किरण साह, परराष्ट्र विज्ञ अरुण सुवेदी, नेपाल सनातन धर्म संस्कृति संगठनका पुष्पराज पुरुष, विश्व हिन्दु महासंघका अर्जुन बास्तोला, इस्कॉनका शैलेन्द्र प्रभुजी, श्री कृष्ण प्रणामी सेवा समितिका श्याम कृष्ण शर्मा, धार्मिक अभियन्ता खेमनाथ आचार्य, विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका महासचिव रामचन्द्र तिवारीलगायतको सहभागिता थियो ।
पीडामा रहेका बंगलादेशी हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूलाई नेपालमा शरण दिन नेपाल सरकारलाई आग्रह गर्ने निर्णय सो बैठकले गरेको अभियानका संयोजक विनय यादवले बताए ।

त्यस्तै परराष्ट्र मन्त्रालयमार्फत बंगलादेशलाई हिन्दुु र बौद्ध धर्मावलम्बीमाथि दमन रोक्न कूटनीतिक नोट पठाउन आग्रह गर्ने निर्णय समेत गरेको छ ।
हिन्दुमाथि भइरहेको दमन रोक्नका लागि पहल गर्न नेपालस्थित बंगलादेशको राजदूतावासलाई दबाब दिने निर्णय भएको उनले बताए ।
त्यस्तै बिहीबार हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले पनि बंगलादेशमा रहेका हिन्दुमाथि भइरहेको दमनको बारेमा सरोकारवालासँग छलफल कार्यक्रम राखेको छ । यो अभियानले पनि विभिन्न हिन्दु संघसंस्थाका अधिकारीसँग छलफल गरी निष्कर्ष निकालिने बताएको छ ।
बंगलादेशमा कति छन् हिन्दु ?
बंगलादेशको जनसङ्ख्या १६ करोड ५१ लाख छ । त्यसमध्ये ७.९५ प्रतिशत अर्थात् एक करोड ३१ लाखमात्र हिन्दु छन् । बंगलादेश अस्तित्वमा आउँदा त्यहाँ १८ प्रतिशत हिन्दु थिए । तर बिस्तारै हिन्दुहरू अल्पसङ्ख्यक हुँदै गए ।
अहिलेका विभिन्न रिपोर्ट अनुसार बाँकी रहेका हिन्दुमाथि पनि धेरै ठुलो सङ्कट आइलागेको छ । बंगलादेशमा रहेको मन्दिर तोडफोड गर्नुका साथै हिन्दुको घरमा आगजनी, लुटपाट हुने गरेका दृश्य बाहिर आएका छन् । त्यहाँ रहेका हिन्दु त्रसित छन् ।
बंगलादेशको अनलाइन डेली स्टारका अनुसार बंगलादेशको जिल्लाको हिसाबले हेर्ने हो भने चार जिल्लामा २० प्रतिशत हिन्दु छन् । गोपालगञ्ज जिल्लामा २६ प्रतिशत हिन्दु छन् भने खुलना जिल्लामा २० प्रतिशत छन् । ठाकुरगाउँ जिल्लामा २२ प्रतिशत र मौलवी बजार जिल्लामा २४ प्रतिशत हिन्दु छन् ।
एक तथ्याङ्क अनुसार हरेक वर्ष २.३ लाख हिन्दुले बंगलादेश छाडेका छन् । हिन्दु अमेरिकन फाउण्डेशनको एक रिपोर्ट अनुसार सन् १९६४ र २०१३ को बिचमा १.१ करोडभन्दा बढी हिन्दु बंगलादेश छाडेका छन् । रिपोर्ट अनुसार बंगलादेशमा हरेक वर्ष २.३ लाख हिन्दु देश छाडेर जान्छन् । बंगलादेशको सन् २०११ को जनगणना अनुसार सन् २००० देखि २०१० को बिचमा देशको कुल जनसङ्ख्यामध्ये १० लाख हिन्दु देशबाट पलायन भएका छन् ।
अहिलेका विभिन्न रिपोर्ट अनुसार बाँकी रहेका हिन्दुमाथि पनि धेरै ठुलो सङ्कट आइलागेको छ । बंगलादेशमा रहेको मन्दिर तोडफोड गर्नुका साथै हिन्दुको घरमा आगजनी, लुटपाट हुने गरेका दृश्य बाहिर आएका छन् । त्यहाँ रहेका हिन्दु त्रसित छन् । यसका लागि नेपाललगायत अन्य देशका संघसंस्था तथा मानव अधिकारवादी संस्थाले अवाज उठाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण