अमेरिकामा ८ दिनदेखि सम्पर्कविहीन ममता काफ्लेको खोजीमा सघाउन स्थानीय प्रहरीको अपिल
भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्यको मनाससबाट विगत ८ दिन देखि हराई रहेकी नेपाली मूलकी नर्स (स्वास्थ्य परिचारिका) ममता काफ्ले भट्टको बारेमा भर्जिनिया राज्यको मनासस सहर स्थित मनासस पार्क प्रहरीले सूचना जारी गर्दै समुदायलाई उनी हराएको बारेमा सहयोगको लागि अपिल गरेको छ ।
उनी बेपत्ता भए पछि नेपाली समुदायले उक्त प्रहरी चौकीलाई उनका नजिकका आफन्त,साथीभाइ र सहकर्मीले अवगत गराएपछि आज प्रहरीले सूचना जारी गरेको हो ।
मनासस पार्क प्रहरीले सामाजिक सञ्जाल मार्फत जारी गरेको सूचनामा उनी जुलाई ३१ ,२०२४ सम्म अन्तिम पटक मनासस पार्क सहरमा देखिएको उल्लेख गरेको छ ।
साथै मनासस पार्क प्रहरीले २८ उनको हुलियाको उल्लेख गर्दै उनी २८ वर्षीय भएको जनाएको छ । र ,उक्त सूचनामा ५ फिट उचाइ भएकी ममताको कालो कपाल र गाडा खैरो आँखा भएको जानकारी दिएको छ ।
साथै प्रहरी चौकीले उक्त सूचनामा लामो समय बेपत्ता भएका कारण ममता अनैच्छिक परिस्थितिमा बेपत्ता भएको देखिन्छ भनी लेखेको छ। मनसास पार्क प्रहरी विभागले ममता काफ्लेको खोजीमा सर्वसाधारणलाई सहयोगको लागि आग्रह गरेको छ। जानकारी भएका जो कोहीलाई ७०३(३६१(११३६ मा मनासस पार्क प्रहरीलाई सम्पर्क गर्न भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण