बंगलादेशमा अल्पसंख्यकमाथि हमलाको संयुक्त राष्ट्र संघद्वारा आलोचना
ढाका । बंगलादेशमा शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएयता अल्पसंख्यकहरूमाथि आक्रमण भइरहेका छन् । यस घटनाको विश्वभर निन्दा भइरहेको छ ।
संयुक्त राष्ट्र संघ (यूएन)ले पनि यसको आलोचना गरेको छ । जातीय आधारमा हुने हमला र हिंसालाई बढावा दिनेविरुद्ध आफूहरू भएको यूएनका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता फरहान हकले भनेका हुन् । पछिल्ला केही दिनयता बंगलादेशमा हिन्दु र अन्य अल्पसंख्यकमाथि हमला भइरहेको छ ।
आफूहरूले पहिला नै स्पष्ट पारिसकेको र अब फेरि पनि बंगलादेशमा हालैका हप्तामा भएको हिंसा अन्त्य गरियोस् भनेर भन्न चाहेको उनले बताए । बंगलादेश र त्यहाँको जनतालाई आवश्यक पर्ने सबै खाले समर्थन दिन आफूहरू तयार रहेको पनि हकले भनेका छन् । शेख हसिनाले राजीनामा दिएपछि पनि बंगलादेशमा हिंसा रोकिएको छैन । पहिले आन्दोलनकारीले सरकार र अवामी लिग पार्टीलाई निशाना बनाउँदै आएका थिए । तर अहिले बंगलादेशमा बसोबास गर्ने हिन्दु र अन्य अल्पसंख्यकहरू दंगाको निशानामा परेका छन् ।
बंगलादेशमा धेरै हिन्दु मन्दिर, घर र व्यवसाय तोडफोड गरिएको छ । सोमबार शेख हसिनाको पार्टी अवामी लिगका दुई हिन्दु नेताको हत्या भएको थियो । सोमबार नै चर्चित म्युजिक ब्याण्ड जोलार गानका मुख्य सदस्य राहुल आनन्दको घरमा तोडफोड गरी आगजनी गरियो । हिंसाबाट ज्यान जोगाउन गायक राहुल आनन्द र उनको परिवारका सदस्य घरबाटै भाग्नुपर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण