रुसी सेनामा कति भारतीय पुगे ?
नयाँ दिल्ली । भारतका विदेश मन्त्री एस जयशंकरले रुसी सेनामा भर्ती भएका भारतीयहरूबारे लोकसभामा बयान दिएका छन् । जयशंकरका अनुसार यो वर्ष ९१ भारतीय नागरिक रुसी सेनामा भर्ती भएका छन् ।
यीमध्ये आठ नागरिकको मृत्यु भएको बताइएको छ । सरकारी सहयोगमा १४ जना भारतीयलाई रुसी सेनाबाट उद्धार गरेर भारत ल्याइएको उनले बताए । ६९ जना अझै रुसी सेनामै फसिरहेको बताइएको छ ।
‘हामीले यो विषयलाई गम्भीरताका साथ लिएका छौँ । म आफैँले रुसी विदेश मन्त्रीसँग यो विषय पटक पटक उठाएको छु’ जयशंकरले भनेका छन् ।
गएको महिना रुसको भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यो मुद्दा उठाएको पनि उनले बताए । रुसी सेनामा भर्ना भएका हरेक भारतीयलाई त्यहाँबाट मुक्त गरिने आश्वासन पुटिनले दिएका थिए ।
भारतीय नागरिकहरूले रुसी सेनामा सेवाको लागि सम्झौतामा हस्ताक्षर गरेको र यही सम्झौता नै उनीहरूलाई भारत फिर्ता ल्याउनमा तगारो बनेको बताइएको छ ।
‘तर हामी त्यो मान्दैनौँ, मलाई लाग्छ कि हाम्रा नागरिकहरूलाई बहकाइएको थियो । अरू कुनै नोकरीका लागि जान लागेको भनेर उनीहरूलाई भनिएको थियो र पछि उनीहरूलाई रुसी सेनामा खटाइयो’ जयशंकरले भनेका छन् ।
सीबीआईले यस मामिलामा १९ व्यक्ति र संस्थाविरुद्ध फौजदारी मुद्दा दर्ता गरेको बताइएको छ । रुसबाट फर्किएका १४ जनामाथि पनि छानबिन भइरहेको छ ।
१० मानव तस्करविरुद्ध पर्याप्त प्रमाण फेला परेको बताइएको छ । यस मामिलामा अनुसन्धानका क्रममा अप्रिल २४ मा २ जना अभियुक्तलाई समातिएको थियो ।
मे ७ मा थप २ जनालाई पक्राउ गरिएको थियो । चारै जना आरोपी अहिले न्यायिक हिरासतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण