राष्ट्रिय ध्वजावाहक जहाजलाई गर्व गर्न लायक बनाउन मन्त्री पाण्डेको निर्देशन
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल वायु सेवा निगमको सुधारबारे नेपाल वायु सेवा निगमका पदाधिकारीसँग छलफल गरेका छन् ।
शुक्रबार मन्त्रालयमा भएको छलफलका क्रममा मन्त्री पाण्डेले राष्ट्रिय ध्वजा वाहक जहाजलाई नेपालीहरूले गर्व गर्न लायक बनाउन निर्देशन दिएका हुन्। छलफलका क्रममा मन्त्री पाण्डेले भने,राष्ट्रिय ध्वजा वाहक विमान आम नेपाली जनताको गर्व गर्न लायक सम्पत्ति बन्न पर्छ। त्यसका लागि वायुसेवा निगमले जिम्मेवार भएर काम गर्नु पर्यो। काम गर्दा कहीँ कतै नीतिगत कठिनाइ भएमा मन्त्रालय सदैव सहयोग गर्न तयार छ।
मन्त्रालयका सचिव गणेश पाण्डेसहितको आन्तरिक छलफलका क्रममा उनले ग्राउन्डेड भएका रिचेकका लागि इटली पठाएको न्यारो बडीका विषयमा समेत जानकारी लिएका थिए। साथै उनले छिट्टै चाडपर्व नजिक आइरहेको अवस्थामा टुईनेटर विमानको यथाशीघ्र मर्म र सम्भार गर्दै दुर्गम क्षेत्रमा सेवा दिन निर्देशन समेत दिए ।
मन्त्री पाण्डेले नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने प्रवृत्तिको अन्त्य गर्न निर्देशन दिँदै नेपाल वायु सेवाका विभिन्न अन्तर्राष्ट्रिय उडान भर्ने सम्भावनाका विषयमा समेत छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण