आफ्नो नयाँ प्रतिवेदनमा सेबी प्रमुखबारे हिंडनबर्गले के भन्यो ?
नयाँ दिल्ली । अमेरिकी शर्ट शेलिङ कम्पनी हिंडनबर्गले आफ्नो नयाँ प्रतिवेदनमा भारतीय शेयर बजार नियामक सेबीकी अध्यक्षलाई लिए ठुलो दाबी गरेको छ । ‘अदानी मनी साइफनिङ घोटाला’मा प्रयोग भएको अफशोर पैसामा सेबीकी अध्यक्ष र उनको पतिको समेत हिस्सेदारी रहेको प्रतिवेदनमा भनिएको छ ।
सो प्रतिवेदनबारे सेबी प्रमुख माधवी पुरी बुच र उनका पति धबल बुचले विज्ञप्ति जारी गर्दै आफ्नो धारणा राखेका छन् । आफूमाथि लगाइएका निराधार आरोपलाई अस्वीकार गर्ने विज्ञप्ति जारी गर्दै दुवैले भनेको समाचार एजेन्सी पीटीआईले एउटा समाचारमा उल्लेख गरेको छ ।
‘हाम्रो जीवन र वित्तीय देखाजोखा खुला किताब जस्तै छ र पछिल्ला केही वर्षमा सेबीलाई आवश्यक सबै जानकारी दिइएको छ ।’ उनीहरूले भनेका छन् । आफूहरू सामान्य नागरिक भएको बेला देखिएका अरू कुनै पनि वित्तीय हरहिसाब सार्वजनिक गर्न आफूहरूलाई अप्ठ्यारो नभएको पनि दुवैले बताएका छन् ।
यस मामिलामा पूरै पारदर्शिताका लागि उपयुक्त समयमा आफूहरूले पूर्ण विज्ञप्ति जारी गर्ने पनि उनीहरूले विज्ञप्तिमा भनेका छन् । सेबीले हिंडनबर्ग रिसर्च विरुद्ध प्रवर्तन कारबाही गरेर कारण देखाऊ नोटिस जारी गरेको थियो । त्यसकै बदला लिन हिंडनबर्गले आफ्ना नाम बदनाम गर्ने प्रयास गरेको माधवीले भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण