टिजरमा यस्तो देखियो धिरज र उपासनाको ‘खुस्मा’
काठमाडौँ । अभिनेता धिरज मगर र अभिनेत्री उपासनासिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘खुस्मा’ को टिजर सार्वजनिक भएको छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने फिल्मको टिजरमा धिरज र उपासन प्रेमभाव र माओवादीको जनयुद्धले गाउँमा पारेको प्रभाव देखाउन खोजिएको छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको निर्देशक अशोक थापा मगर हुन् । लेखन समेत मगरकै रहेको फिल्ममा निर्माता वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतानमगर छन् भने सह–निर्मातामा मानबहादुर धनाहमगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायाङ्कन छ ।
फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापामगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायत कलाकारको अभिनय छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्ममा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत, सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण