भुटानी शरणार्थी प्रकरण
बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति
आइतबार, २७ साउन २०८१, १६ : ४९
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रराज काफ्लेले उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन् ।
शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौँले झासँग बयान लिइसकेको छ । उनी असार १४ मा पक्राउ परेका हुन् । काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने झाले वीरगन्ज उप–महानगरपालिका–७ ठेगाना उल्लेख गरेर नागरिकता बनाएको भेटिएको छ । उनको साथमा फेला परेको आधार कार्डको अधिकारिकताबारे प्रहरीले भारतमा पत्राचार गरेको छ ।
नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको घटनामा आफ्नो संलग्नताबारे उनले ‘इन्कार’ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण