भारतीय सचिव मिस्री र प्रधानमन्त्रीबिच भेटवार्ता
काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार अपराह्न विदेश सचिव मिस्री प्रधानमन्त्री ओलीलाई भेट्न सिंह दरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।
प्रधानमन्त्रीसँगको भेटमा विदेश सचिव मिस्रीले नेपाल र भारतको सभ्यतागत, घनिष्ठ र बहुआयामिक सम्बन्धमाथि जोड दिएका थिए । त्यस्तै भेटका क्रममा द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रलाई गति दिने विषयमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ।
मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक भेटवार्ता गरेका थिए । आज नै परराष्ट्र सचिव सेवा लम्सालले मिस्रीका लागि रात्रिभोजको आयोजना गर्नेछिन् । सो कार्यक्रममा पनि नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
उनले सोमबार बिहान ११ः४५ बजे उनले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण