कोशीमा मन्त्रालयको संख्या बढाउन छलफल, कांग्रेस सरकारमा सहभागी हुन केही दिन लाग्ने
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार हुन अझै केही दिन लाग्ने बताएका छन् । आइतबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार विस्तार भदौसम्म हुने बताएका हुन् ।
नयाँ समीकरण परिवर्तन भएसँगै माओवादी केन्द्रले सरकारबाट बाहिरिएर सहयोग गरेको भन्दै उनले कांग्रेसले निर्णय गरेसँगै सरकारले पूर्णता पाउने बताए । संविधानको धारा १६८ (५) अनुसार आफ्नो नेतृत्वमा बनेको सरकारको सय दिन पुग्न लागेको बताउँदै उनले धेरै काम गरिएको बताए । कार्की नेतृत्वको सरकार साउन ३२ गते एक सय दिन पूरा गर्दैछ ।
उनले आवश्यकताका आधारमा मन्त्रालयको संख्या बढ्न सक्ने पनि बताए । ‘११ वटासम्म मन्त्रालय पुग्न पनि सक्छ । मन्त्रालय बढाउने हो कि भनेर छलफल पनि भइरहेको छ । कामको चापको आधारमा केही मन्त्रालयहरू विभाजन हुन पनि सक्छ,’ उनले भने ।
अहिले कोशी प्रदेशमा ९ वटा मन्त्रालय रहेका छन् । उक्त मन्त्रालयमध्ये कांग्रेसको भागमा ४ र एमालेको भागमा ५ मन्त्रालय रहनेगरी सहमति भइसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण