अखिल क्रान्तिकारीको विदेशी विश्वविद्यालय राष्ट्रिय समितिको अध्यक्षमा जैसी
सोमबार, २८ साउन २०८१, १२ : ००
काठमाडौँ । माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) विदेशी विश्वविद्यालय राष्ट्रिय समितिको प्रथम सम्मेलनले शशांक जैसीको नेतृत्वमा ३५ सदस्यीय कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा सृजन अधिकारी, समीप केसी र मुकेश खड्का रहेका छन् भने मुख्य सचिवमा आभाष साह तथा सचिवहरुमा कुश सिंह, जेनस बञ्जारा र आवाज भुसाल रहेका छन् ।
सिंगो कमिटीलाई अध्यक्ष प्रचण्डले पार्टी कार्यालयमा बोलाएर बधाई समेत दिएको जैसीले जानकारी दिए । यो नवनिर्वाचित कमिटीले विदेशी विश्वविद्यालयहरुले नेपालमा मच्चाएको लुटतन्त्र र छाडातन्त्रको विरुद्ध आन्दोलन छेड्ने पनि जैसीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण