पाकिस्तानी गायिका हानिया असलमको निधन
सोमबार, २८ साउन २०८१, १५ : ५५
काठमाडौँ । पाकिस्तानी गायिका तथा संगीतकार हानिया असलमको निधन भएको छ । आइतबार हृदयाघातबाट उनको निधन भएको बताइएको छ ।
उनको पार्टनरसमेत रहेकी बहिनी जेब बंगाशले इन्सटाग्राम पोस्टमार्फत हानियाको निधनको पुष्टि गरेकी हुन् । दुई जना मिलेर संगीतहरू सिर्जना गर्थे । पाकिस्तानको कोक स्टुडियोबाट उनीहरूले चर्चा कमाएका थिए । यसमा उनीहरूको चर्चित गीत ‘चल दिए’ सामेल छ ।
सोमबार बिहान जेबले इन्सटाग्राममा हानियाको तस्बिर सेयर गर्दै श्रद्धाञ्जली दिएकी थिइन् । त्यसपछि अन्य कलाकार र फ्यानहरूले पनि उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
हानियाको जन्म कराँचीमा भएको थियो । उनले अमेरिका र बेलायतमा अध्ययन गरेकी थिइन् । उनले क्यानडामा अडियो इन्जिनियरिङमा डिप्लोमा गरेकी थिइन् । उनले आलिया भट्टको हिट चलचित्र हाइवेको ‘सूहा साहा’ गीत गाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण