यथाशिघ्र नगरसभा बस्नुपर्ने माग गर्दै वडाध्यक्ष आन्दोलित
सिराहा । सिराहाको धनगढीमाई नगरपालिकाको नगरसभा मिति यथाशिघ्र तय गर्न माग गर्दै वडाध्यक्षहरू आन्दोलित भएका छन् । आज एक विज्ञप्ति जारी गर्दै बहुसङ्ख्यक वडाध्यक्षले संयुक्त रूपमा तीन सुत्रीय मागअघि सार्दै आन्दोलनको घोषणा गरेका हुन् ।
विज्ञप्तिमा सेवा प्रवाह र दैनिक प्रशासनिक कार्यलाई चुस्तदुरुस्त बनाउन अनुगमन तथा सुपरीवेक्षण कार्य गर्न छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने, नगरपालिकामा देखिएका समस्या समाधान गर्न यथाशिघ्र कार्यपालिका बैठक आह्वान गर्नुपर्ने र नगरसभाको मिति तय गर्नुपर्ने माग राख्दै २४ घण्टे अल्टिमेटम दिएका छन् । नगरपालिकाका १४ वडाध्यक्षमध्ये १० जना यस्तो संयुक्त हस्ताक्षरसहित यस्तो माग गरेका हुन् ।
वडा नं ९ का अध्यक्ष प्रकाश योञ्जनले माग पूरा नभए थप आन्दोलन गर्न बाध्य हुने बताए । उनले भने, “हालसम्म नगरसभा नबस्दा चालु आर्थिक वर्षको बजेटसमेत प्रस्तुत भएको छैन । यसले गर्दा नगनगरपालिकाको दैनिक सेवा प्रवाह र प्रशासनिक कार्य प्रभावित भएको छ । त्यसैले आन्दोलन गर्नुपर्ने अवस्था आएको हो ।”
यहाँ नगर कार्यपालिका सदस्य र नगरप्रमुखबीच विवाद हुँदा पटकटपक नगरसभा स्थगित हुँदै आएको छ । नगरपालिकाको बजेट खर्चसहित हिसाब किताब मागेपछि नगरप्रमुख शिवशङ्कर महतोले नगरसभा गर्न आलटाल गर्दै आएको वडाध्यक्षहरूको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेमा परी वृद्धको मृत्यु, एक जनाको उद्धार
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण